जनता टाइम्स

१८ असार २०७९, शनिबार १९:०८

काठमाडौंको तिलिङगेटारमा एक जना मृत फेला


काठमाडौं, १८ असार । काठमाडौंको तिलिङगेटारमा एक जना युवक मृत फेला परेका छन् । आज बिहान काठमाडौं महानगरपालिका–३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका हुन् ।

मृत फेला पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका–६ घर भएका २४ वर्षीय आशिष तामाङ रहेका छन् ।

उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टमर्टमको लागि महाराजगञ्ज टिचिङ लगिएको छ ।