जनता टाइम्स

१९ असार २०७९, आईतवार ०८:४८

प्रदूषण नियन्त्रणका लागि नदीको पानी प्रशोधन गर्दै दिल्ली सरकार


काठमाडौं, १९असार । भारतको दिल्लीमा जल तथा वायु प्रदूषण नियन्त्रणका लागि विभिन्न विकल्प खोज्न थालिएको छ । सरकारले विद्युतीय गाडीको प्रयोग तथा प्रदूषित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विकल्पको प्रयोग गरिरहेको छ ।

वायु प्रदूषणका कारण त्यहाँ जनजीवन प्रभावित बन्दै आएको छ भने फोहर व्यवस्थापनको चुनौती पनि बढेको छ ।सहरबाट निस्केको फोहोरको चाङले वायुको गुणस्तरीयता, भूमिगत पानी र माटोको प्रदूषण थप बढाएको छ ।

दिल्लीका वातावरण मन्त्री गोपाल राईले प्रदूषण नियन्त्रणका लागि यो बर्षको जुलाई र अगस्टसम्म ३५ लाख औषधिजन्य बोटबिरूवा रोपिने समेत बताउनुभएको छ । दिल्लीमा शहरी खेतीलाई समेत प्रोत्साहन गर्ने योजना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।