जनता टाइम्स

२१ असार २०७९, मंगलवार ०७:३९

दक्षिणकालीमा एक महिला मृत फेला


काठमाडौं, असार २१ । काठमाण्डौको दक्षिणकाली नगरपालिका २ ग्वाल दहमा एक महिला मृत भेटिएकी छिन् ।अन्दाजी ५० वर्षकी पार्वती परियार मृत भेटिनु भएको प्रहरीले जनाएको छ । परियारको ठेगाना खुलेको छैन ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरीका कार्यालय फर्पिङले जनाएको छ ।