काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अंकले उकालो लागेर दुई हजार ४३.९२ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६९ अंकले उकालोे लागेर ३८८.९१ मा पुगेको छ ।
कूल २ सय २८ कम्पनीको ६२ लाख ६३ हजार ३ सय १० कित्ता शेयर दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार सात सय एक मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ०.७३, निर्जीवन बीमा ३५.०३ र सामूहिक लगानी कोष ०.०८ अंकले ओरालो लागेको छ ।
त्यस्तै व्यापार १.१३, होटल तथा पर्यटन १६.२२, विकास बैंक ७२.७५, जलविद्युत् ३३.८४, वित्त ४२.१३, उत्पादन २०.७२, अन्य २१.६८, लघुवित्त १०.६३, जीवन बीमा २६६.३२ र लगानी ०.२२ अंकले उकालो लागेको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब १५ अर्ब १५ करोड १९ लाख ७० हजार ३ सय ३६ रुपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको ११ करोड ७२ लाख ८० हजार ३ सय ३० रुपैयाँ बराबरको कारोबार भयो ।
यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन ११ करोड ५३ लाख ४६ लाख ४ सय ७७ रुपैयाँ, सिभिल बैंक १० करोड ५४ लाख ३६ हजार २ सय ३८ रुपैयाँ, हिमालयन डिस्टिलरी नौ करोड २६ लाख ७१ हजार ७ सय ५३ रुपैयाँ र माथिल्लो तामाकोसी आठ करोड ६९ लाख २१ हजार ४ सय ७४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने सिवाइसिएल लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए ।
तेह्रथुम पावर कम्पनी ७.७८, सिभिल बैंक सात, रिलायन्स फाइनान्सका लगानीकर्ताले ६.४२ प्रतिशतले कमाए ।
त्यस्तै एनसिसी बैंकको ऋणपत्र ५.८९, स्वाभिमान लघुवित्त ५.६८, सिटिजन म्युचुअल फण्ड दोस्रो ५.२८, किसान लघुवित्त ४.३० र सिटिजन म्युचुअल फण्ड पहिलोका लगानीकर्ताले ३.५१ प्रतिशतले गुमाए ।(रासस)













प्रतिक्रिया दिनुहोस्