जनता टाइम्स

२३ असार २०७९, बिहीबार ०८:४९

नेपाल प्रहरीका ६ जना एसएसपीहरूको सरुवा : काठमाडौंमा बोहोरा, खनाललाई लागूऔषधको कमाण्ड


काठमाडौं, असार २३ । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरूवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट बुधबार एसएसपीहरूको सरूवा गरिएको हो ।

जसअनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा एसएसपी भरतबहादुर बोहराको सरुवा भएको छ । यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखमा एसएसपी जनक भट्टराईको सरुवा भएको छ ।

यस्तै लागूऔषध नियन्त्रण ब्यूरोमा एसएसपी विकास खनालको सरुवा भएको छ भने अपराध अनुसन्धान विद्यालयमा एसएसपी विष्णु केसीको सरुवा भएको प्रहरी मुख्यालयले जनाएको छ ।

यसैगरी मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्यूरोमा एसएसपी अनुराग द्विवेदीको सरुवा भएको छ भने विपद् व्यवस्थापन कार्यालयमा एसएसपी कुवेर कडायतको सरुवा भएको हेडक्वाटरले जनाएको छ ।