काठमाडौं, असार २५ । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री भीम रावलले पाँच दलीय गठबन्धन सरकारले कुटनीतिक क्षेत्रमा मुलुककै बेइज्जत गरेको भन्दै कडा आक्रोश पोख्नुभएको छ ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको हत्यामा नेपालमा राष्ट्रिय शोक मनाउने निर्णय गरेर सरकारले झुकनीति र चाकरीको पराकाष्टा देखाएको भन्दै रावल आक्रोशित बन्नुभएको हो । सरकारले शुक्रवार गोली प्रहारबाट निधन हुनुभएका जापानका पूर्वप्रधानमन्त्री आवेको निधनमा नेपालमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
एमाले नेता रावलले एमाले नेता रावलले जापानका पूर्व प्रधानमन्त्री आवेको हत्या निन्दनीय भएको भन्दै नेपाल सरकारले त्यस्तो हत्याको निन्दा र जापानी जनताप्रति समवेदना प्रकट गर्नु स्वाभाविक भए पनि राष्ट्रिय शोक मनाउने कुरा आपत्तिजनक रहेको बताउनु भयो ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले भन्नुभएको छ, ‘जापानका पूर्व प्रमं आवेको हत्या निन्दनीय छ । नेपाल सरकारले त्यस्तो हत्याको निन्दा र जापानी जनताप्रति समवेदना प्रकट गर्नु स्वाभाविक हो । तर कुनै देशका पूर्व प्रमंको मृत्युमा राष्ट्रिय शोक मनाउने गठबन्धन सरकारले कहाँको कूटनीति ल्यायो ? यो चाकरी र झुकनीतिको अर्को दृष्टान्त मात्र हो ।’













प्रतिक्रिया दिनुहोस्