जनता टाइम्स

२५ असार २०७९, शनिबार १७:३७

बुढीगंगामा आधा मत गणना सकिदा एमाले उम्मेदवार दोब्बर मतले अगाडि


बाजुरा, असार २५ । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले आफ्नो अग्रता बढाउँदै लगेका छन । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि पुग्नुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले २ हजार ९ सय २५ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ५ सय ६९ मत पाउनु भएको छ ।

यस्तै उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८ सय ६६ मत पाउनु भएको छ भने प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले १ हजार ६२३ हजार मत ल्याउनु भएको छ ।

अहिलेसम्म ४ हजार ७ सय ६३ मत गणना भएको कार्यालयले जनाएको छ । अहिलेसम्म मत गणना सकिएका चार वटा वडा प्यानलसहित एमालेले जित निकालेको छ । अहिले वडा नम्बर ८ र ३ को गणना जारी रहेको छ । बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको छ ।