जनता टाइम्स

२७ असार २०७९, सोमबार ०८:२७

माधव नेपालको कामलाई धर्तीको कुनै पनि इजलाशले सही भन्न सक्नेछैन : घनश्याम भुसाल


काठमाडौं, असार २७ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भसालले अध्यादेश जारी गराएर अर्काे पार्टी खोल्ने माधवकुमार नेपालका काम कम्युनिष्ट आन्दोलनबिरुद्धकाको गम्भीर अपराध रहेकोभन्दै प्रायश्चितको बिकल्प नभएको बताउनु भएको छ । सामाजिक सञ्जालमा आज आफ्नो धारणा राख्दै भुसालले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन,’ भुसालले भन्नुभएको छ ।

यस्तो छ भुसालको निश्कर्ष

क . माधवको दोहोरो निती
आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।