जनता टाइम्स

२८ असार २०७९, मंगलवार १४:०९

विभाजनको संघारमा जसपा : बाबुराम पक्षको बैठकमा ४० प्रतिशत बढी केन्द्रीय सदस्य सहभागी


काठमाडौं, असार २८ । सत्तारुढ गठबन्धनको चौथो ठूलो दल जनता समाजवादी पार्टी औपचारिक विभाजनमा गएको छ । उपेन्द्रयादवले डा. बाबुराम भट्टराईसँग अघि बढ्न इच्छा नदेखाई एक्लै चलेपछि जसपा विभाजनको अन्तिम बिन्दुमा पुगेको हो ।

सोमबार एकैदिन उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका अलग–अलग बैठक बसेसँगै जसपा विभाजनमा गएको हो । डा. बाबुरामभट्टराईले बोलाएको संघीय परिषद्को बिस्तारित बैठकमा २३० जना केन्द्रीय सदस्य सहभागी भएको जसपा नेता विश्वदीप पाण्डेलेजानकारी दिनुभयो ।

४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना बाबुरामतिर खुलेको पाण्डेको भनाइ छ । यो संख्या जसपाको विभाजनका लागिकानूनबमोजिमको ४० प्रतिशतभन्दा बढी हो । संसदीय दलमा पनि आफूहरुको ४० प्रतिशत पुग्ने दाबी बाबुराम निकट नेताहरुको छ ।

सोमबारको बैठकमा भने बाबुराम र महिन्द्र राय यादव दुईजनामात्र सांसद सहभागी हुनुहुंछ । कतिपय उपेन्द्रसँग असन्तुष्ट नेताहरु पर्ख रहेरको अवस्थामा छन् भने समानुपातिक सांसदहरुको पद उपेन्द्रले खोस्ने डरले खुल्न सकेका छैनन् ।

बाबुरामको पक्षमा जसपाका २० मध्ये १० जना सांसद रहेको सो पक्षको दाबी छ । पछिल्लो समय उपेन्द्र र बाबुरामबीच बोलचाल समेतबन्द जस्तै थियो ।