जनता टाइम्स

२९ असार २०७९, बुधबार १७:०२

भृकुटीमण्डपस्थित ह्वील चेयर गोदाममा आगलागी (फोटोफिचर)


काठमाडौं, २९ असार । काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ ।

आज अपरान्ह लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन् ।

सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ । काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थल आईपुग्नुभएको छ । आगलागीको कारण खुलिसकेको छैन ।