कैलाली, असार ३० । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएको छ ।
कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ताभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनु भयो ।
पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको छ ।‘अब प्रक्रिया अघि बढेको छ । नेगीलाई पक्राउ गरेर अनुसन्धान सुरु हुन्छ,’ उहाँले भन्नुभयो ।
कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोपलागेको थियो । असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाको बुधबार नैस्वास्थ्य परीक्षण गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्