जनता टाइम्स

३१ असार २०७९, शुक्रबार १६:३४

प्रचण्डलाई कुन भारी बोकाएर पठाउँदै छ भारत ?


काँग्रेसमा गगन थापाहरूले जति नै फाइफुईँ लाए पनि देउवाका अगाडी उनीहरूको दाल गल्ने वाला छैन । आगामी निर्वाचन पछि देउवा सके आफै नभए पत्नी आरजुलाई प्रधानमन्त्री बनाउन चाहन्छन भन्ने बजार चर्चा त्यत्तिकै चलेको होइन् । आरजु भारत भ्रमणमै रहेका बेला प्रचण्डलाई पनि महत्वकासाथ बोलाइनुले यसै बजार हल्लालाई पुष्टि गर्दछ । भारतले प्रचण्ड र आरजुलाई आधा–आधा समय प्रधानमन्त्री खाने गरी मिलाउन लागेको हल्ला केही दिनदेखि बजारमा चलिरहेको अवस्थामा भएको प्रचण्डको यो भ्रमण यसैको कारण हो भन्दा कोरा अनुमान अवश्य हुने छैन

 

यसिमा महत

चिनियाँ बिदेश बिभागका प्रमुखसहितको प्रतिनिधिमण्डलले नेपाल आएर सबैजसो नेताहरूलाई भेटे लगत्तै अर्को छिमेकी भारतले प्रचण्डलाई बोलाएको छ । प्रचण्डले यो भ्रमणलाई पूर्वनिर्धारित भने पनि आकस्मिक भएको जगजाहेर छ । त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा भारत भ्रमणमै रहेका बेलामा प्रचण्डलाई पनि बोलाइनु निकै अर्थपूर्ण रहेको नेपाली राजनीति बजारमा चर्चा छ ।

नेकपा (एमाले) को सरकार ढलाउन भारतको सहयोग र हस्तक्षेपको खुला आमन्त्रण गरेका प्रचण्ड भारतपरस्त भएको नेपाली राजनीतिमा ओपन सेक्रेट जत्तिकै छ । उसो त नेकपा (माओवादी) ले गरेको सशस्त्र द्वन्द्वको आधारभूमि भारत नै थियो भन्ने कुरा बुझ्नेले प्रचण्डलाई भारतले किन बोलायो भनेर बुझ्न धेरै दिमाग खर्च गर्नु पर्दैन । कतिपयले नेपालमा बढ्दो अमेरिकी चासोले भारत र चीनलाई नेपाल नीतिमा एक ठाउँमा उभ्याएको पनि बताउने गरेका छन् । तर, यो तर्कमा त्यति दम देखिँदैन । भारतले नेपाललाई गर्दै आएको व्यवहारबाट पनि त्यसलाई पुष्टि गर्दैन ।

नेकपा (एमाले) विभाजन गर्न महत्वपूर्ण भूमिका निभाएको भारतले चिनियाँ नेताहरूको नेपाल भ्रमण लगत्तै प्रचण्डलाई बोलाउनुमा निकट भविष्यमा हुन लागेको संघीय र प्रदेश निर्वाचनको पृष्ठभूमिमा राखेर हेर्नु पर्ने कतिपय राजनीतिज्ञको तर्क छ । यो तर्कमा भने धेरै तादाम्यता मिलेको देखिन्छ । चिनियाँहरूलाई नेपालका कम्युनिष्टहरू मिलाउन भूमिका खेल्ने गरेको कुरा भारतीय मिडियाहरूले बारम्बार आरोप लगाउदैं आएका छन् ।

कांग्रेसलाई घुर्क्याउन नै भए पनि माओवादी वृतबाट बाम एकताको हल्ला पिटाइनु, चिनियाँ नेताहरूको भ्रमण गर्नु र लगत्तै भारतले प्रचण्डलाई बोलाउनु पूर्वनिर्धारित वा संयोग मात्र हो भन्नु दिउसै रात पार्नु जत्तिकै हो । कथं चिनियाँहरूको दवावमा प्रचण्ड वाम एकता वा तालमेलमा सहमत भइहाले नेपाली काँग्रेसको हालत पहिलेभन्दा खराव हुने कुरा भारतले नबुझ्ने कुरा भएन । यदी त्यसो भइहालेमा नेपालमा काँग्रेस कमजोर हुने मात्र होइन भारतीय एजेण्डा लाद्न सजिलो हुने छैन । यसले पनि भारत विशेष सजग रहेको बुझिन्छ ।

विगतको नाकावन्दीमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खेलेको भूमिका, उहाँ दोश्रो पटक प्रधानमन्त्री हुँदा जारी गरिएको चुच्चे नक्सा, रामजन्मभूमिका कुराले भारतलाई नेपालको सत्तामा एमाले वा एमाले अध्यक्ष केपी ओलीलाई जसरी पनि रोक्नै पर्ने बाध्यता छ । यसकारण पनि प्रचण्डलाई महत्वकासाथ भारत बोलाएको हो भन्ने बुझ्न गाह्रो छैन । होइन भने छिमेकी देशले कित रुलिङ पार्टीका नेता कि प्रमुख पतिपक्षलाई बोलाउनु पर्ने हो ।

सोझै हिसावले आफ्नै बलबुतामा सरकारमा जान नसक्ने पार्टीलाई महत्व दिनु भनेको सिधा र सोझो नियत पक्कै होइन भन्ने राजनीतिको कखरा मात्रै बुझ्नेले पनि सोझै ठम्याउन सक्छ । भारतको नुन खाएर, भारतमै बसेर कथित जनयुद्धका नाममा नेपालमा वितण्डा मच्चाएका प्रचण्डलाई गलाउन भारतले धेरै बेल्ना बेल्नु नपर्ने, उसलाई हप्काएर, दप्काएर, धम्क्याएर पनि आफ्नो एजेण्डा बोकाउन सकिने भारतले नबुझ्ने कुरा भएन ।

सोझै हिसावले आफ्नै बलबुतामा सरकारमा जान नसक्ने पार्टीलाई महत्व दिनु भनेको सिधा र सोझो नियत पक्कै होइन भन्ने राजनीतिको कखरा मात्रै बुझ्नेले पनि सोझै ठम्याउन सक्छ । भारतको नुन खाएर, भारतमै बसेर कथित जनयुद्धका नाममा नेपालमा वितण्डा मच्चाएका प्रचण्डलाई गलाउन भारतले धेरै बेल्ना बेल्नु नपर्ने, उसलाई हप्काएर, दप्काएर, धम्क्याएर पनि आफ्नो एजेण्डा बोकाउन सकिने भारतले नबुझ्ने कुरा भएन ।

नेपालमा शान्ति प्रक्रिया नटुंगिइसकेको अवस्थामा प्रचण्डलाई सधैं सत्ताको वरपरी बसिरहनु पर्ने वाध्यता पनि छ । नेपालमा सत्तामा जानसक्ने पार्टी एमालेवाहेक नेपाली काँग्रेस मात्र हो । एमालेलाई सत्तामा पुग्नबाट रोक्न मधेस केन्द्रीत दललाई बोकेर हुँदैन । त्यसका लागि काँग्रेसलाई नै बोक्नुपर्छ र काँग्रेस एक्लैले अब एमाले हराउने सामथ्र्य राख्दैन । यसले पनि भारतलाई काँग्रेस र माओवादी मिलाइ दिनुपर्ने वाध्यता छ ।

काँग्रेसमा गगन थापाहरूले जति नै फाइफुईँ लाए पनि देउवाका अगाडी उनीहरूको दाल गल्ने वाला छैन । आगामी निर्वाचन पछि देउवा सके आफै नभए पत्नी आरजुलाई प्रधानमन्त्री बनाउन चाहन्छन भन्ने बजार चर्चा त्यत्तिकै चलेको होइन् । आरजु भारत भ्रमणमै रहेका बेला प्रचण्डलाई पनि महत्वकासाथ बोलाइनुले यसै बजार हल्लालाई पुष्टि गर्दछ । भारतले प्रचण्ड र आरजुलाई आधा–आधा समय प्रधानमन्त्री खाने गरी मिलाउन लागेको हल्ला केही दिनदेखि बजारमा चलिरहेको अवस्थामा भएको प्रचण्डको यो भ्रमण यसैको कारण हो भन्दा कोरा अनुमान अवश्य हुने छैन ।

यदि यस्तो भएको अवस्थामा नेपाली राजनीतिमा थप ध्रुविकरणको स्थिति पक्कै बन्नेछ । सबैभन्दा पहिले नेकपा (एस) नामको पार्टीमा यसले भूईचालो ल्याउनेछ । माधव नेपाल भारतीय लविकै भएकाले उहाँ भारतीय स्वार्थमा लतारिनुहुनेछ भने नेकपा (एस) भित्रका झलनागलगायतका नेताहरूले नेपालसँग अलग्गिनै पर्ने वाध्यात्मक अवस्था आउनेछ । माओवादी पार्टी पनि सिंगो रहन नसक्ने अवस्था सिर्जना हुने निश्चित छ, त्यहाँ पनि ‘के निउ पाउँ कनिका बुकाउँ’ भनेर ढुकेर बसेका नारायणकाजीहरूलाई आफ्नो बाटो तताउन यसले निउँ प्रदान गर्नेछ ।

त्यसो त झलनाथ र नारायणकाजीलाई नै यसले फाइदा गर्नेछ । उहाँहरूलाई आ–आफ्नो पार्टीबाट छुट्टिने निधो गरेमा फाइदा नै हुनेछ । त्यसो भएमा उहाँहरूले नेपाली जनतामा आफूहरू एक नम्बरको देशभक्त भएको ढ्वांङ फुक्न सहज हुनेछ । किनभने एमसिसी पास गरेको दोष उहाँहरूले माधव र प्रचण्डलाई दिइरहनु भएकै जो छ । समग्रमा प्रचण्डको भारत भ्रमणले नेपाली राजनीतिमा निकै उलटफेर ल्याउने र आगामी निर्वाचन झन रोचक तथा पेचिलो हुने लगभग पक्का देखिन्छ ।