जनता टाइम्स

३१ असार २०७९, शुक्रबार १७:५७

केन्द्रीय कार्यालयमै पुगेर एमाले प्रवेश गरे जसपाका यी चर्चित केन्द्रीय नेता


काठमाडौं, असार ३१ जनता समाजवादी पार्टी (जसपा) दुई केन्द्रीय सदस्य तथा दुईजना मधेश प्रदेश सदस्य नेकपा (एमाले) मा प्रवेशगरेका छन्


एमालेमा प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्यद्वय भोला मिश्र अमरेन्द्र कुमार झा तथा मधेश प्रदेश सदस्यममता मिश्र पाठक विमला भट्टराई हुनुहुन्छ  

नवप्रवेशी जसपाका नेताहरूलाई आज पार्टी कार्यालय च्यासलमा पार्टी महासचिव शंकर पोखरेल उपमहासचिव विष्णु रिमाललेस्वागत गर्नुभयो  


सो अवसरमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थायित्वका लागि हाम्रो पार्टीलाई बलियो शक्तिका रुपमा विकास गर्नकालागि यहाँहरूको भूमिका महत्वपूर्ण हुनेछ भन्नुभयो  

महासचिव पोखरेलले भन्नुभयोहाम्रो पार्टीप्रति मधेशमा हिजो घृणा भाव थियो तर एमाले के हो भन्ने त्यहाँका जनताले बुझेपछि आजत्यो घृणा समर्थनमा बदलिएको  

मधेशमा अहिले हाम्रो पार्टीप्रति व्यापक जनलहर चलिरहेको छ। आगामी निर्वाचनमा मधेशमा एमालेको बहुमतलाई कुनै पनि शक्तिलेरोक्न नसक्ने महासचिवले वताउनुभयो । उहाँले भन्नुभयोतपाईंहरूको प्रवेश राष्ट्र राष्ट्रियता जोगाउने अभियानमा कोशेढुंगा सावित हुनेछ  

एमालेमा प्रवेश गर्नुभएकाहरूका तर्फबाट जसपाका संघीय परिषद् सदस्य भोला मिश्रले जसपाको मूल नेतृत्वमा दम्भ, जातीय संकीर्णता एकात्मकवादी चिन्तन रहेका कारण पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको वताउनुभयो