जनता टाइम्स

३२ असार २०७९, शनिबार १६:०५

प्रवासी नेपाली मञ्च बहराईनको अधिवेशन सम्पन्न : श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय कमिटी गठन


काठमाडौँ, ३२ असार । प्रवासी नेपाली मञ्च बहराईन राष्ट्रिय कमिटीको तेस्रो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । एमालेको पोलिटव्युरो सखस्य पूर्वमन्त्री तथा प्रतिनिसिभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुक्रवार भएको अधिवेशनले हरि कुमार श्रेष्ठको अध्यक्षतामा १४ सदस्य सर्वसम्मत रुपमा कमिटी गठन गरेको छ ।

श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष प्रेम बहादुर क्षेत्री, सचिव अमर श्रेष्ठ, उपसचिव चन्द्र गुरुङ, उपसचिव धनन्जय जोशी, सदस्यहरुमा बलराम डागी, समन सिह थापा मगर, दिल बहादुर थापा, बिमला खड्का, रविन भुजेल, लक्ष्मी क्षेत्री, निम बहादुर विक, योमस कुलुङ र विश्व गुरुङ रहनुभएको छ ।

कार्यक्रममा नेता बस्नेतले नवनिर्वाचित कमटिीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनको राजनीतिक उज्वल भविष्यको कामना गर्नुभयो । उहाँले नेपालको वर्तमान राजनीतिक अवस्थाको वारेमा जानकारी समेत गराउनुभयो ।