काठमाडौं, साउन ३ । जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदो माटो र पानीको फोहोरा निस्किएको छ। लेदो माटोसहितको पानीको फोहोरा घरभन्दा निकै माथिसम्म पुगेको प्रहरी वृत्त बौद्धले जनाएको छ।
आज बिहान १० बजेबाट फोहोरा निस्किएको हो ।स्थानीयवासीले लेदो माटोको फोहोरा निस्किएको भिडियोसमेत लाइभ गरेका थिए ।प्रहरीका अनुसार सो ठाउँबाट ग्यास निस्किएको आशंकाले उक्त क्षेत्रमा आगो नबाल्न आग्रह गरिएको छ।
यसकोबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको बताएको छ।













प्रतिक्रिया दिनुहोस्