काठमाडौं, साउन ४ । आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ । बिहीबार पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
२०७९ साउन ४ गते (बुधबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
२०७९ साउन ५ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७९ साउन ६ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।













प्रतिक्रिया दिनुहोस्