काठमाडौं, साउन ४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको भन्दै कडा प्रश्न गर्नुभएको छ । जनमत नभए पनि देशी बिदेसी शक्ति गुहारेर प्रधानमन्त्री हुन खोज्ने जस्तो लज्जाजनक बिषय अरु के हुनसक्छ भन्दै महासचिव पोखरेलले कडा प्रश्न गर्नुभएको हो ।
नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागले अनलाइनका सम्पादकहरुसँग आज आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले जम्मा १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको बताउनु भयो ।
महासचिव पोखरेलले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक नभएको तथ्य औल्याउनु भयो । ‘जति साना दलहरु मुलुकको राजनीतिमा हाबी हुन्छन, त्यति मुलुकले सही बाटो समाउन सक्दैन । आज के देखिन्छ त भन्दा तेस्रो/चौथो पार्टी प्रधानमन्त्री खोज्न हिँडिराखेको, भौतारिराखेको छ । यो कुरा सुन्दा नेपालको लोकतन्त्रले सही बाटो समातेको छ त ?,’ एमाले महासचिव पोखरेलले प्रश्न गर्नुभयो, ’जस्ले १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामर्थ्य राख्दैन । प्रधानमन्त्री खोज्न देश÷विदेश दौडाहामा कुदेको छ । यो भन्दा लज्जाजनक बिषय लोकतन्त्रमा अरु के हुन्छ त ?’
उहाँले जनमतका आधारमा सत्ता सञ्चालन नै लोकतान्त्रिक रहेको बताउनु भयो । ‘ जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतन्त्रको कुरा होइन । लोकतन्त्र भनेको जनमत भएकाहरूले शासन गर्ने प्रणाली हो । हो यही मान्यताको पैरवी गरिएको हो,’ उहाँको भनाई थियो । महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सुनियोजित रुपमा प्रहार गरिरहेको तथ्य पनि खोल्नुभयो । गभर्नर एमालेको कुनै पनि बिभागमा नरहेको भन्दै उहाँले हुँदै नभएको मान्छेलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेको बताउनु भयो ।
यथार्थ के हो भने पैसा किन हराइरहेको छ त ? भन्दा ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउन खोज्दा पैसा हरायो । गभर्नर ब्ल्याकलाई ह्वाइट बनाउने कुराको विपक्षमा उभिनुभयो । गभर्नरको नीतिलाई सरकारले फलो गरेको भए पैसा हराउने नै थिएन । यस अर्थमा पैसा किन हरायो भन्ने कुरामा त्यसैले बताइरहेकै छ

महासचिव पोखरेलले गभर्नर अधिकारीलाई सो पदबाट हटाउने काम गरिए मुलुक श्रीलंकाकरण हुने भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।
‘सरकार भर्सेस गभर्नरको जे बहस चलिराखेको छ नि । यथार्थ के हो भने पैसा किन हराइरहेको छ त ? भन्दा ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउन खोज्दा पैसा हरायो । गभर्नर ब्ल्याकलाई ह्वाइट बनाउने कुराको विपक्षमा उभिनुभयो । गभर्नरको नीतिलाई सरकारले फलो गरेको भए पैसा हराउने नै थिएन । यस अर्थमा पैसा किन हरायो भन्ने कुरामा त्यसैले बताइरहेकै छ,’ महासचिव पोखरेलले थप्नुभयो । उहाँले गभर्नरमाथि प्रहार गर्ने काम बिचौलया र कालो धनका पक्षधरको पक्षमा गरिएको पनि बताउनु भयो ।
‘अहिले गभर्नरमाथिको प्रहार नेकपा एमालेले विभाग गठन गर्दाखेरी राखिएको एउटा नाममा जोडेर गभर्नरमाथि अट्याक भएको छ । त्यो यति साह्रो हल्लाखल्ला गर्नुपर्ने विषय हो र ? नेकपा एमालेको विभागमा कति सदस्य छन् ? कुनै चासो छ, कसैले प्रश्न गरेको छ ? गभर्नरको विषयमा जे प्रकारणको अट्याक भएको छ । त्यो अट्याक चाहिँ के कारणले भन्दाखेरी ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउने योजना असफल भएपछि अट्याक भएको भन्ने कुरा तपाईंहामीले बुझेनौँ भने मुलुकको श्रीलंकाकरण हुने जोखिम जुन छ, त्यसलाई जोगाउन सक्छौँ ?,’ उहाँले भन्नुभयो, ‘अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तीय संकट खडा गर्नेहरूको प्रोत्साहन हुनु भएको हो । जब कि पार्टीले भनिसकेको छ– गभर्नर एमाले विभागको सदस्य होइनन् । उहाँ स्वयंले भनिसक्नुभएको छ– म विभागको सदस्य होइन । यो विषयमा बहस असान्दर्भिक छ ।’
कार्यक्रममा एमाले उपमहासचिव तथा प्रचार बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले एमालेले जनताको हितमा, राष्ट्रको हितमा सवैभन्दा राम्रो काम गरेको र राष्ट्रिय स्वाधिनताको मामिलामा कुनै संझौता नगरे पनि सञ्चार माध्यमलाई राम्रोसँग भन्न नसक्दा आम जनतामा पुग्न नसकेको बताउनु भयो ।
उहाँले एमालेको लागि मात्र नभई मुलुकको सवाल रहेकोले आग्रह वा पूर्वाग्रहभन्दा माथि रहेर देशको हितमा सोच्न आम सञ्चार जगतलाई आग्रह गर्दै एमालेको कमी कमजोरी भए खुला हृदयले भन्न आग्रह गर्नुभयो । ‘हामीले गरेको राम्रो कामलाई साथ दिनोस, कमी कमजोर छ भने भनिदिनोस, हामी खुल्ला हृदयले स्वागत गर्छौं,’ प्रमुख गुरुङको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्