जनता टाइम्स

४ श्रावण २०७९, बुधबार २०:३९

सांसद दिब्यमणि राजभण्डारीको प्रस्ताव : सवैले सार्वजनिक यातायात प्रयोग गरौं (भिडियोसहित)


काठमाडौं, साउन ४ । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिब्यमणि राजभण्डारीले संसदमा खर्च कटौटीको प्रस्ताव राख्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सून्य समयमा आफ्नो धारणा राख्दै सांसद राजभण्डारीले खर्च कटौती अनिवार्य आवश्यकता बनेको भन्दै यस्तो प्रस्ताव राख्नुभएको हो ।

बैठकमा उहाँले भन्नुभयो, ‘हाल राष्ट्र र अन्तराष्ट्रिय कारणले महंगी बढदै छ । जस्को मारमा नेपालका गरिव जनताले भोग्नुपरेको छ । यस्तो अप्ठेरो समयमा सरकारले चनाखो भई बजारमा नाफाखोरहरुलाई नियन्त्रण गर्न आवश्यक छ भने अर्काेतिर सचेत जनताले खर्च कटौती गर्न आवश्यक छ । तसर्थ साम्यवादी र समाजवादीमा आस्था राख्ने सवैले सरल जीवन बिताऊ । सार्वजनिक यातायात प्रयोग गरौं, महंगो पेट्रोलियम पदार्थको खर्च कटौती गरौं ।’

सांसद राजभण्डारीले पूर्वउच्चस्तरमा भएका ब्यक्तिहरुलाई सरकारी खर्चमा पिएसओ र ड्राइभर दिने ब्यवस्थामा नियन्त्रण गर्न पनि माग गर्नुभएको छ ।

हेर्नाेस भिडियो