काठमाडौं, साउन ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रष्ट नीति र सिद्धान्तका साथ अघि बढेको तथ्य औल्याउनु भएको छ । एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानको शुक्रबार शुभारम्भ गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
उहाँले प्रतिष्ठानले देशमा थप विभिन्न नीतिको अनुसन्धान गर्न सहयोग पुग्ने बिश्वास पनि ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालमा दुई वटा नीति प्रकट भएको र बताउनुभयो । एउटा समृद्ध नेपाल बनाउने नीति र अर्को देशलाई बरबाद गर्ने नीति देखा परेको ओलीको भनाई थियो ।
‘अहिले मुलुकमा दुईटा नीतिबीचको चलाईं चलिरहेको छ । समृद्ध नेपाल बनाउने नीति र देशलाई बर्बाद गर्ने नीतिबीचको लडाईं जारी छ, हामीले समृद्ध नेपाल निर्माणको नीतिलाई जनताको बलबाट बिजयी गराएरै छाडनु पर्नेछ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँल् देशलाई कसरी सुदृढ गर्दै अघि बढ्ने भन्ने विषमा एमाले गम्भीर रहेको पनि बताउनु भयो । देशको सर्वोत्तम हित हुने नीति एमालेले अवलम्बन गरेको भन्दै अध्यक्ष ओलीले थप्नुभयो, ‘हामीले बुझेर नै क्रियाकलाप गरेका छौं ।’
उहाँले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति एमालेको भए पनि सरकारी उद्योग निजी क्षेत्रलाई कौडीको भाउमा भने नबेच्ने बताउनु भयो । केही निजी उद्योगलाई प्रश्रय दिएर बाँकीलाई सडकमा ल्याउने कुराको एमाले सधैँ विरुद्धमा रहेको उहाँको भनाई छ । उहाँले बर्तमान गठबन्धनले ल्याएको बजेट भ्रष्ट बजेट भएको बताउनु भयो । ‘फुटेज हटाउनु नै पर्याप्त छैन र ?, अझै ढाकछोप गरिरहने ?,’ ओलीले भन्नुभयो ।
राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने गरी देशलाई अघि बढाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । राष्ट्रलाई आवश्यक पर्ने आधारभूत बस्नु आफैले उत्पादन गर्नुपन ओलीको भनाई छ । कार्यक्रममा उहाँले आफू नेतृत्वको सरकारको आफ्नो पालामा सडक, विद्यालय, पुल, भवन लगायतका पूर्वाधार संरचना निर्माण गरेको स्मरण गर्नुभयो ।
उहाँले कृषि क्षेत्रमा अहिलेको भन्दा धेरै विकास गर्न सकिने बताउनुभयो । कृषियोग्य क्षेत्रमा उच्च प्रतिफल दिने बाली लगाउनु पर्नेमा उहाँले जोड दिनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको तथ्य पनि खोल्नुभयो ।













प्रतिक्रिया दिनुहोस्