पाल्पा, साउन ८ । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आज बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस सडकबाट निकै तल खसेको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्