चितवन, साउन ९ । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीको खुकरी प्रहार गरी हत्या गरेका छन् । जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० रमाईलो चोकमा ३५ वर्षीया रुस्मा घिमिरे ९आचार्य० को उहाँका श्रीमान ४३ वर्षीय कृष्णप्रसाद आचार्यले खुकुरी प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभएको छ ।
राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गर्दा गम्भिर घाइते भएका थिए । घाइते श्रीमतीको उपचारको लागि अस्पताल लैजादा मृत्यु भएको थियो ।
श्रीमतीलाई आक्रमण गरेलगतै घरको छतमा पुगी श्रीमान कृष्णप्रसाद आचार्यले हाम फालेका थिए । घाइते भएका आचार्यको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैजनाको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्