जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ०८:१७

बलात्कारको आरोपबाट मुक्त भए रोनाल्डो, क्याथरिनले दिन सकिनन प्रमाण


काठमाडौं, साउन ७

बलात्कारको आरोप लागेका पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोमाथि कुनै कारबाही नहुने भएको छ । रोनाल्डोमाथि बलात्कार भएको आरोप लगाउने क्याथरिन मायोर्गाले कुनै ठोस प्रमाण पेश गर्न नसकेकाले रोनाल्डोले सफाइ पाउने भएका हुन् ।

अरोप लगाउनेले घटना कहाँ भएको भन्ने ठोस प्रमाण पेश गर्न नसक्नु र प्रहरी अनुसन्धानबाट पनि कारबाही गर्नका लागि कुनै आधार नभेटिएको अदालतले जनाएको छ । ‘क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको आरोप प्रमाणित गर्ने कुनै स्पष्ट कारण देखिएन । त्यसैले कुनै कारबाही हुने छैन’ अलादतले वक्तब्यमा उल्लेख गरेका छ ।

३३ वर्षीय रोनाल्डोले सन् २००९ मा अमेरिकाको लस भेगसमा आफूमाथि बलात्कार गरेको एक अमेरिकी मोडल क्याथरिन मायोर्गाले आरोप लगाएकी थिइन् । भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनि रातारात चर्चामा आएकी थिइन् । जसका लागि रोनाल्डोलाई भेगसको पुलिसले पनि सोधपुछ पनि गरेको थियो । सोधपुछ र अनुसन्धानबाट खास कुनै प्रमाण फेला नपरेपछि रोनाल्डो कारवाही मुक्त हुने भएका हुन् ।

रोनाल्डोमाथि बलात्कार आरोप लगाउँदै गएको वर्ष जर्मन साप्ताहिक पत्रिका डेर स्पिइगलले पहिलो पटक खबर प्रकाशित गरेको थियो । खबरमा सन् २०१० मा काथरिनलाई यो घटना लुकाउन पुलिसको संलग्नतामा तीन लाख ७५ हजार अमेरीकी डलर दिएको भनी उल्लेख गरिएको थियो ।