बाँके, ११ साउन । बाँकेको कोहलपुर नगरपालिकामा आज मङ्गलवार बिहान मृत भेटिएका दम्पतीलाई दाजु–भाउजुले हत्या गर्न लगाएको खुलेको छ ।
कोहलपुर नगरपालिका १४ मा मृत भेटिएका दम्पती २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया अञ्जलीको आफ्नै दाजु विजय र भाउजु रेखाले बाहिरी व्यक्तिलाई रकम दिएर हत्या गरेको पुष्टि भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।
एक लाख रुपैयाँ दिएर भारतबाट दुई जनालाई बोलाएर हत्या गराएको दाजु–भाउजुले बयान दिएका प्रहरीले जनाएको छ । बुहारी अञ्जलीको मात्र हत्या गर्न भने पनि भाइसमेत मारिएका उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन् । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।













प्रतिक्रिया दिनुहोस्