जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ०९:१८

नेपालद्वारा कतारसामु जितका लागि १२३ रनको सामान्य लक्ष्य प्रस्तुत


काठमाडौं, साउन ७

आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले कतारलाई जितका लागि १२३ रनको सामान्य लक्ष्य दिएको छ ।

सिंगापुरको ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो । नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । यस्तै कप्तान पारस खड्काले २८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए । सोमपाल कामी ११ र शरद भेषवाकरले ९ रन जोडे । ओपनिङ जोडी आएका पारस र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेपनि त्यसपछि ब्याट्सम्यानहरु लगातार आउट पुगेका थिए ।

दिपेन्द्र टिकेर खेलेपनि अन्य ब्याट्सम्यान लगातार आउट हुदा नेपालले राम्रो शुरुवात गरेपनि गतिलो स्कोर खडा गर्न सकेन । नेपालको पुन एक पटक ब्याटिङ लाइनअप खराब देखिएको छ । नेपालले अहिले फिल्डिङ शुरु गरेको छ ।