कञ्चनपुर, साउन १२ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संघ र प्रदेशको चुनावमा बाम गठबन्धन नहुने प्रष्ट पार्नु भएको छ ।
प्रेस चौतारी नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले नेकपा माओवादीकेन्द्र र एकीकृत समाजवादीकै कारणले बाम गठबन्धन सम्भव नरहेको बताउनु भयो ।
‘एउटै विचार भएकाहरु एक हुनुपर्छ, एउटै समूह बनाएर हिड्नुपर्ने आवश्यकता त हो,’ ज्ञवालीले भन्नुभयो, ‘तर, आफूलाई बामपन्थीभन्नेहरुकै कारणले बाम गठबन्धन सम्भव छैन्, कांग्रेससँग बार्गेनिङ गर्नका लागि माओवादीले बाम गठबन्धनको हल्ला चलाइरहेको छ।’
उहाँले सरकारले संघ र प्रदेशको निर्वाचनको मिति तोक्न पनि नचाहेको आरोप लगाउनु भयो। ‘सरकारले अहिलेसम्म चुनावको मितिघोषणा गर्न सकेको छैन्, सरकारमै रहेका केही पार्टीहरु चुनावको मिति धकेल्नेतर्फ लागेका छन्,’ उहाँले भन्नुभयो, ‘चुनावको मितिनतोकेर सरकारमा रहेका केही पार्टीहरु चुनावमा धाधली गर्ने रणनीति बनाई रहेका छन्, सरकारले चुनावको मिति छिटो भन्दा छिटोतोक्नुपर्छ ।’
ज्ञवालीले परमादेशी सरकार’ले स्थानीय चुनावमा धाँधली गरेको पनि बताउनु भयो । ‘स्थानीय तहकोचुनावमा विभिन्न जालझेल भए, पैसाको चलखेल भयो । प्रदेश र संघको चुनावमा पनि धाँधली गर्ने संकेत सरकारले गरेको छ, त्यसकोएमाले प्रतिकार गर्छ ।’
उहाँले एमाले संघ र प्रदेशको चुनाव केन्द्रीत भएको पनि बताउनु भयो । ‘हामीहरु चुनाव केन्द्रीत कार्यक्रम गरिरहेका छौं, सबै प्रदेश रजिल्लामा प्रशिक्षण गरिरहेका छौं, प्रशिक्षणका कार्यक्रमहरु पालिका, वडा हुँदै टोलसम्म लग्ने हाम्रो योजना छ ।’
गठबन्धनसँग एमाले एक्लै चुनाव लड्ने उपाध्यक्ष ज्ञवालीले बताउनु भयो। ‘एमाले शक्तिशाली छ, त्यो विपक्षीहरुले पनि बुझेका छन्, त्यसैले गठबन्धन गरेरै जाने उनीहरुको योजना छ,’ ज्ञवालीले भन्नुभयो, ‘विपीले नेतृत्व गरेको कांग्रेस पार्टी समेत एक्लै चुनाव लड्ननसक्ने अवस्थामा पुगेको छ, उनीहरुलाई लाज लाग्नुपर्छ ।’
सरकारले हालै पारित गरेको नागरिकता विधेयकको एमालेले बिरोध गर्दै आएको पनि उहाँले बताउनु भयो। ‘नेपाली छोरीहरुले बाह्यदेशका नागरिकसँग बिहे गर्दा नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर परमादेशी सरकारले भारतीयहरुलाई एकै दिनमानागरिकता दिने गरि विधेयक ल्याएको छ, त्यसको एमालेले बिरोध गर्दै आएको छ ।’













प्रतिक्रिया दिनुहोस्