जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार १०:१२

महंगी र भ्रष्टाचारविरुद्ध महासंघ, १६ गतेको जनप्रदर्शनलाई सफल बनाउन आन्तरिक तयारी


काठमाडौं साउन १३। नेपाल उद्योग तथा व्यवसाय महासंघले महंगी भ्रष्टाचारबिरुद्ध जनप्रदर्शन गर्ने भएको महासंघले आफ्नोकेन्द्रीय कार्यालय रामशाहपथमा बैठक बसी त्यसका लागि आन्तरिक तयारी तीब्र पारेको

पछिल्लो समय देशमा भ्रष्टाचारका साथै उच्च रुपमा महंगी बढ्दा पनि सरकारले कुनै वास्ता नगरेको महंगीका कारण उद्योग व्यवसायनैसंचालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खवरदारी गर्नुको विकल्प नरहेको महासंघका अध्यक्ष एवं संघीयसंसद माननीय एलपी सावाँ लिम्बुले वताउनुभयो

सरकारले बजेटबाट सिमित व्यवसायीलाई फाइदा पुग्नेगरी करका दरहरु परिवर्तन गरेको भने सोही अनुरुप भन्सार विन्दु राजस्वमाउद्योगी व्यवसायीहरुलाई दुःख दिने काम हुँदै आएको ,’ उहाँले भन्नुभयो, ‘अबका दिनमा सरकारको गैरकाननूनी गतिविधिलाई सच्याउँदैसहज रुपमा व्यवसाय वातावरण तय गर्नका लागि पनि बृहत जनप्रर्दशन गर्नुपर्ने जरुरी देखिएको

उहाँले काठमाडौंको बसन्तपुरमा नेकपा एमालेले यहिँ साउन १६ गते गर्न लागेको वृहत जनप्रदर्शनका लागि राम्रो तयारी गर्न जिल्लातथा आवद्ध संस्थालाई निर्देशन दिनुभयो हामीले महासंघको शक्ति परिचालन गरी बढीभन्दा बढी व्यवसायी सडकमा उतार्न जिल्लानगर संघ अन्य आवद्ध संस्थाहरु शसक्त ढंगबाट लाग्नू जरुरी ,’ उहाँले भन्नुभयो, ‘मुलुकमा महंगी भ्रष्टाचार व्याप्त रहनुका साथैहामीले सहज रुपमा व्यवसाय गर्ने वातावरण छैन तसर्थ सरकारका बेथितिहरूका विरूद्धमा हाम्रो महासंघले सडकमा उत्रेर उद्योगीव्यवसायी जनताको पक्षमा आवाज उठाउनु पर्ने वाध्यता भएको

त्यसका लागि महासंघका आवद्ध उद्योगी व्यवसायीहरु सबैले आफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो साथै साउन १६गते हुने पार्टीको वृहत जनप्रदर्शनलाई सफल बनाउन यहिँ साउन १४ गते दिउसो बजेका लागि केन्द्रिय कमिटि बैंठक राखेको महासंघ केन्द्रिय कार्यालयमा बिहीबार भएको छलफल कार्यक्रममा महासंघका अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, उपामहासचिव, कोषध्यक्ष केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो