जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार १६:०८

यस्तो छ संसदीय छानविनको निश्कर्ष (पूर्णपाठ)


 

काठमाडौं, साउन १३ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई कर र भन्सारका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवदन प्रतिनिधिसभामा पेस भएको छ । समितिले सिंहदरवारको सुरक्षा ब्यवस्थामाथि नै गम्भीर प्रश्न खडा भएको निश्कर्षसहितको प्रतिवेदन आज बुझाएको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पेस गर्नुभयो । बजेट निर्माणसँग सम्बन्धित कागजात मगाइएर अध्ययन गरिएको, सम्बन्धित अधिकारीहरूसँग छलफल गरिएको, सीसीटीभीको सिस्टम नै मगाएर रिकभर गरिएको लगायतका काम गरेर प्रतिवेदन तयार गरिएको कर्णले जानकारी दिनुभयो । समितिको १७ दिने कार्यावधिमा २३ बैठक बसेर ७५ घण्टा काम गरिएको सभापति कर्णले जानकारी दिनुभयो । यद्यपी समितिको प्रतिवेदन सर्वसम्मत भने हुन सकेन ।
प्रतिवेदनको पूर्णपाठ