जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १२:५६

एनआरएनए न्युजिल्याण्डको समन्वय समितीमा सबैभन्दा कान्छा उमेरका सापकोटा निर्वाचित


काठमाडौं, साउन ७

एनआरएनए न्युजिल्याण्डको अन्तरास्ट्रिय समन्वय समिती सदस्यमा विशाल सापकोटा निर्वाचित भएका छन् । सापकोटाले सबैभन्दा कम उमेरमा समिति सदस्य निर्वाचित हुने रेकर्ड पनि राख्न सफल भएका छन् । यसअघि एनआरएनए अस्ट्रेलियाको नाममा यो रेकर्ड रहेको थियो ।

सापकोटा यसअघिको निर्वाचनमा निर्बिरोध सचिबमा चुनिएका थिए । उनि समाजमा स्पष्टवक्ता र जिम्मेवारीलाई पुर्ण रुपमा लगनशील भई गन्तब्यमा पुर्याएरै छोड्ने अडिग ब्यक्तिका रुपमा चिनिन्छन् । उनी सन २०१४ मा न्युजिल्याण्ड मा बिधार्थी भिसामा आईपुगेका थिउ । अहिले हस्पिटालिटीमा कार्यरत छन ।

नेपालमै छदा विभिन्न सामाजिक संघ संस्थामा काम गरेका उनी सामाजिक काममा आफ्नो पहिचान राख्न राख्दै आएका छन् । २०७२ सालमा गएको भुकम्पमा होस या अन्य परोपकारी काममा समाजसंग हातेमालो गर्न सापकोटा सधै अग्रपङ्तीमा देखिदै आएका छन् ।