काठमाडौं, साउन १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झण्डै तीन दशक पार्टीको नेतृत्व गरेका प्रमुख नेताहरु नै पार्टी छाडेर जाँदासमेत नेकपा एमालेको जनमत नघटेको बताउनु भएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबिरुद्ध ठूलो घेरावन्दी गरे पनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो दल बनेको महासचिव पोखरेलले बताउनु भयो ।
‘स्थानीय तहको निर्वाचनमा एमालेको जनमत बढेको छ । लामो समय पार्टीको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरुले पार्टी छाडदा पनि एमालेको भोट घटेको छैन, बढेको छ,’ राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै महासचिव पोखरेलले भन्नुभयो । एमाले महासचिव पोखरेलले अवसरवादले माधव नेपाल समाप्त भएको दृष्टान्त पनि राख्नुभएको छ ।

‘अवसरवादले माधव नेपाल समाप्त भए । कस्तोसम्म देखियो भने एमालेले लामो मेहनत गरेर बिधि र पद्धती मान्ने नेताका रुपमा, समन्वयकारी नेताका रुपमा छवि बनायो तर अवसरवादले समन्वयकारी नेता पार्टी बिभाजनकारी नेताका रुपमा कलंकित हुनुभयो, बिधि पद्धती र अनुशासन पालना गर्ने नेता माधव नेपाल संसदीय इतिहासमै सवैभन्दा बढी ह्वीप उलंघन गर्ने नेताका रुपमा कलंति भए,’ महासचिव पोखरेलले भन्नुभयो, ‘अर्थात माधव नेपाल सम्पुर्ण रुपमा समाप्त भए । अवसरवाद कस्तो हुन्छ भने कुरा दुनियालाई प्रमाण भयो ।
महासचिव पोखरेलले बर्तमान गठबन्धनले मुलुक बनाउने नभई बिगार्ने काम गरिरहेको तथ्य पनि राख्नुभयो । केपी शर्मा ओलीको नेतृत्वमा मात्रै मुलुक बन्ने तथ्य बुझेर एमाले र केपी ओलीलाई छेक्नका लागि मात्रै गठबन्धन बनाइएको उहाँको भनाई छ । ‘गठबन्धन कुनै सिद्धान्तका आधारमा बनेको होइन, यो त देशलाई बर्वाद बनाउनका लागि हो, हामी नमिले फेरि केपी ओली आउँछन र बिकाशका काम अघि बढाउँछन भन्ने त्रासको मिलन मात्रै हो,’ पोखरेलले भन्नुभयो ।

उहाँले जनतामा गएर लिएको माण्डेटलाई धोका दिएर प्रचण्ड र माधवले गम्भीर अपराध गरेको पनि बताउनु भयो । ‘जनतामा जाँदा एउटा कुरा भन्ने, जनताको म्याण्डेट लिएर आएपछि अर्कै काम गर्न मिल्छ ? यो जनताको म्इाण्डेटमाथि गरिएको गम्भीर घात हो, यस्तो कुरालाई गम्भीर अपराधका रुपमा लिनुपर्छ,’ पोखरेलले भन्नुभयो ।
महासचिव पोखरेलले आफ्नो कामको शैली बदल्न पनि युवाहरुलाई सुझाव दिनुभयो । आजको युवा ज्यादा सुविधाभोगी भयो कि भन्ने बुझाइमा समाज रहेको भन्दै युवा संघले साँच्चीकै बदलेर देखाउनु पर्ने बताउनु भयो । यस्तै युवाहरु पनि सामाजिक सञ्जालका हल्का टिकाटिप्पणीबाट हामी बढी प्रभावित हुने गरेका उहाँले बताउनु भयो ।

‘युवाहरु पनि सामाजिक सञ्जालका हल्का टिकाटिप्पणीबाट हामी बढी प्रभावित हुने गरेका छौं,समाजको दिशा तय गर्ने भनेको सामाजिक सञ्जालको हल्का टिप्पणीले होइन, समाजको सकारात्मक बाटो भनेको ज्ञान सिद्धान्तको सश्लेषणबाट हो, समाजको आवश्यकताबाट हो,’ पोखरेलले भन्नुभयो, ‘समाजलाई बदल्ने हो भने, समाज परिवर्तनको नेतृत्वकर्ताको रुपमा स्थापित हुने हो भने फरक ढंगले प्रस्तुत हुनुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्