काठमाडौं, साउन १७ । नेकपा मालेका महासचिव सीपी मैनालीले देश जोगाउन फेरि केपी शर्मा ओलीको नेतृत्व चाहिएको निश्कर्ष सुनाउनु भएको छ । तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मैनालीले मुलुकलाई जोगाउन केपी ओलीको नेतृत्व अनिवार्य बनिसकेको तथ्य राख्नुभएको हो ।
‘देश जोगाउन फेरि एकपटक केपी ओलीको नेतृत्व चाहिएको छ,’ मैनालीले भन्नुभयो । अब सबै देशभक्त मिलेर देश जोगाउनका लागि सरकारको नेतृत्व केपी ओलीलाई सुम्पिनु पर्ने मैनालीको भनाई छ । उहाँले पाँच दलीय गठबन्धनका नेता लाज पचाएर बिदेसीसामू लम्पसारवादी भएको भन्दै चर्को आलोचना पनि गर्नुभयो । महासचिव मैनालीले एमालेको नेतृत्वमा प्रतिपक्षी मोर्चा बनाउन अध्यक्ष ओलीलाई सुझावसमेत दिनुभयो ।
एमाले अध्यक्ष ओलीले यस विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी रहेको मैनालीको भनाई थियो । एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुने अवस्थामा बहुमत ल्याउन सकिने भएकाले त्यतातर्फ सोच्न महासचिव मैनालीले अनुरोध गर्नुभयो । ‘गठबन्धन बिदेसीसामूलम्पसार पर्यो, देशकै अस्तित्व खतरामा पर्यो, अव एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुने अवस्थामा बहुमत ल्याउन सकिने भएकाले त्यतातर्फ सोच्नुपर्छ,’ मैनालीले भन्नुभयो ।

महासचिव मैनालीले प्रचण्ड र माधवहरु विदेसीको भरिया बनेको कठोर टिप्पणीसमेत गर्नुभयो । कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा प्रचण्ड लागेको भन्दै मैनालीले उहाँलाई नक्कली वामपन्थी भएको ठोकुवा गर्नुभयो । ‘प्रचण्ड कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा लागेका छन, उनी नक्कली वामपन्थी हुन,’ मैनालीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्