जनता टाइम्स

८ श्रावण २०७६, बुधबार १०:२१

मलेसियाद्धारा नेपालसामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत


काठमाडौं, साउन ८

मलेसियाले आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल सामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ विकेट गुमाएर ८३ रन बनाएको हो ।

मलेसियाका लागि सैयद अजिजले सर्वाधिक ३० रन बनाए भने भिरनदिप सिंहले २१ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई तीब्र गतिका बलर कामीले सुरुवाती पहिलो ओभरमा दुई सफलता दिलाएका थिए । सोमपालले पहिलो बलमै ओपनर अनवार अरुद्धीनलाई अभिनाष बोहोराबाट शुन्यमा पेभिलिएन फर्काए ।

त्यस्तै ओभरको अन्तिम बलमा सफिक सरार्फलाई पनि शुन्यमा एलबी डब्लू आउट गरेका छन् । सोमपालले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा अमिनुद्दिन राम्लीलाई बोल्ड गरेर तीन विकेट लिए । यस्तै बसन्त रेग्मीले दुई विकेट लिदा सन्दीप लामिछाने र करन केसीले एक एक विकेट लिए ।