जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार १४:०२

आरोप–प्रत्यारोपमै उत्रिए रबिन्द्र र खगेन्द्र संग्रौला


काठमाडौं, साउन १८ । बिकेवशील साझा पार्टीका संस्थापक अध्यक्ष रविन्द्र मिश्र र लेखक खगेन्द्र संग्रौला एकअर्काबिरुद्ध सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रनुभएको छ ।

पूर्वयुवराज पारश शाहका छोरा हृदयन्द्रलाई राजाका रुपमा देख्न चाहेको बताएपछि मिश्रमाथि संग्रौलाले हमला गर्दा दुवैबीच आरोप प्रत्यारोप चलेको हो । मिश्र राजावादी बनेकोमा आक्रोशित संग्रौलाले ट्वीटरमा उहाँलाई मेन्सन गर्दै लेख्नुभएको छ, ‘कोही आफ्नो निष्ठाबाट गिर्दा कसैलाई यो मैजस्तो भयो भन्ने शान्त्वनाकारी आनन्दको अनुभूति ! हैट्, मान्छे मूलाका दुःख twitter.com/RabindraMishra।’

संग्रौलाको यो टवीटमा मिश्रले प्रतिवाद गर्दै गम्भीर आरोप लगाउनु भएको छ । मिश्रले जवाफ दिँदै लेख्नुभएको छ, ‘अरूको पैसामा जाँड खान्छु, गाली बमन गर्छु । साहित्य ठिकै, बौद्धिकरूपमा खोक्रो छु । पुस्तक लेख्छु, सकभर लेखकश्वमा कर तिर्दिन । तुच्छ भाषा सिकाउँछु । आफ्ना सन्तान विदेशमा छन, अरूकालाई ’नझुक्नु बरू मर्नु’ भनेर उक्साउँछु । समाज रूपान्तरणका लागि धेरै गरेको छु ।’
मिश्रको यो ६ बुँदे जवाफ संग्रौलाको अतित र बर्तमानबारे रहेको छ ।

खगेन्द्र संग्रौला
कोही आफ्नो निष्ठाबाट गिर्दा कसैलाई यो मैजस्तो भयो भन्ने शान्त्वनाकारी आनन्दको अनुभूति ! हैट्, मान्छे मूलाका दुःख twitter.com/RabindraMishra

रविन्द्र मिश्र
मेरो निष्ठाबारे थप बुँदाः
–अरूको पैसामा जाँड खान्छु, गाली बमन गर्छु
–साहित्य ठिकै, बौद्धिकरूपमा खोक्रो छु
–पुस्तक लेख्छु, सकभर लेखकश्वमा कर तिर्दिन
–तुच्छ भाषा सिकाउँछु
–आफ्ना सन्तान विदेशमा छन्, अरूकालाई ’नझुक्नु बरू मर्नु’ भनेर उक्साउँछु
–समाज रूपान्तरणका लागि धेरै गरेको छु।