जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार ०९:५७

निर्वाचन कार्यतालिका स्वीकृत, असोज २३ गते उम्मेदवारी दर्ता (सूचीसहित)


काठमाडौं, साउन २४ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको आगामी निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आगामी मंसिर ४ गते तय भएको निर्वाचनका लागि आयोगको आइतबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

स्वीकृत कार्यतालिका अनुसार प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

आयोगले पारित गरेको कार्यसूचीअनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गरिने छ भने असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । आयोगका अनुसार असोज २८ गतेबाट मतपत्र छपाई सुरु हुनेछ ।

यस्तै मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत, सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढवानी, मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण, राजनीतिक दलको प्रचारर प्रशार अवधीका लागि असोज २८ देखि मंसिर १ गतेसम्मको कार्यतालिका तय गरिएको छ । मंसिर २ गतेबाट मौन अवधी सुरुहुनेछ भने मंसिर ४ मा निर्वाचन हुनेछ ।

निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले उक्त काम गर्न भदौ २५ गते लेखी पठाइने आयोगले जनाएको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि को लागू हुने आयोगले जनाएको छ ।