जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १९:१४

नेपाल प्रहरीका ३४ डिएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, साउन २४ । प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्ष्ँक धिरजप्रताप सिंहले ३४ डिएसपीको सरुवा गर्नुभएको हो ।

सरुवामा पर्नेमा प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलगायतका डिएसपीहरु रहेका छन ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार प्रहरी प्रधान कार्यालय जनसम्पर्क उप–शाखामा कार्यरत होमबहादुर थापा नेपाल प्रहरीको प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा सुरुवा हुनुभएको छ भने महानगरीय अपराध महाशाखा टेकु, काठमाडौं संगठित साइबर आर्थिक एवं विशेष अपराध शाखामा कार्यरत किरण प्रसाद न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत फणिन्द्र रानाभाटलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज प्रशासनमा सरुवा गरिएको छ । यस्तै राकेशकुमार पोदार जिप्रका उदयपुर, जनक मल्ल लुम्बिनी प्रदेश, चन्द्रेश्वर यादव जिप्रका महोत्तरी सरुवा गरिएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गणमा कार्यरत केशर बहादुर कार्कीलाई नेपाल प्रहरी गण सामाखुसीमा सरुवा गरिएको छ भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग लागु औषध शाखामा कार्यरत दुदिमाया लामा नेपाल प्रहरी प्रदेश कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा सरूवा गरिएको छ ।