जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार ०९:०७

पहिरोले बगायो पासाङल्हामु राजमार्ग (फोटोफिचर)


नुवाकोट, साउन २५ । गएराती आएको भिषण बर्षापछिको पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । बर्षाले बेत्रावती कालिकास्थान सडकमा भीषण पहिरो गएको हो ।

गएरातिको ठूलो वर्षसँगै सडक भासिएर धेरै तल पुगेको छ । नेकपा एमाले रसुवाका नेता पेम्वा लामाका अनुसार उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ स्थित बनुवामा करिब ५० मिटर सडक पहिरोले बगाएको छ ।