जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार ०९:१९

अमेरिकी राष्ट्रपतिका बिशेष दूत काठमाडौंमा, यस्तो छ भ्रमणको उदेश्य


काठमाडौं, साउन २५ । अमेरिकीराष्ट्रपति जो वाइडेनका बिशेष दूत काठमाडौं आइपुगेकी छन । अमेरिकाकी लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआईक्यू) मामिला हेर्ने जेसिका स्टर्न मंगलबार नेपाल आउनु भएको हो ।

अमेरिकी राजदूतावासका अनुसार उहाँ पाँचदिने नेपाल भ्रमणमा आउनु भएको हो । स्टर्न अमेरिकी राष्ट्रपति जो बाइडेनकी लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला हेर्ने विशेष दूत हुनुहुन्छ ।

दूतावासका अनुसार स्टर्नले नेपालमा एलजीबीटीआईक्यूका समुदायको नेता र व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै, उहाँले केही कार्यक्रममा समेत भाग लिने दूतावासले जनाएको छ ।