जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १४:०९

प्रचण्ड-माधवलाई नांगेझार पार्ने यो तथ्य (भिडियोसहित)


काठमाडौं, साउन २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिब्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रचण्डले जापानमा दिनुभएको अभिब्यक्ति र माधव नेपालले एक टेलिभिजनमा दिनुभएको अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जालमा ‘कहिल्यै सत्य नबोल्ने ढँटुवा वा ठग’ भन्दै चर्चा भइरहेको छ । प्रचण्डले जापान भ्रमणको क्रममा चुनावी अभियानको क्रममा गोली हानी हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेसँग पूर्वप्रधानमन्त्रीका रुपमा भएको नेपाल भ्रमणको क्रममा तीन पटक कुराकानी भएको र अत्यन्तै राम्रो सम्बन्ध बनेको बताउनु भएको थियो ।

पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल भ्रमणमै नआउनु भएका आवेको बिषयमा प्रचण्डले हाकाहाकी झुट बोलेको तथ्य बाहिर आएपछि उहाँ सत्य नबोल्ने बदमास नेताका रुपमा देखिनुभएको छ । प्रचण्डले जापानमा दिएको अभिब्यक्तिसँगै सामाजिक सञ्जालमा उत्तर कोरिया र अमेरिकी राष्ट्रपतिबीचको भेटबार्तामा आफ्नो हात रहेको माधवको अभिब्यक्ति पनि अहिले पुनः चर्चामा आएको छ ।

उत्तर कोरियाका नेताहरुलाइ शान्ति प्रकृयामा ल्याउन सन्देश पुर्याएँ, उत्तर कोरिया र अमेरिकाको राष्ट्रपतिबीचको भेटबार्तामा मेरो पनि भूमिका छ,’ माधवले भन्नुभएको थियो । अहिले माधव र प्रचण्डको यही अभिब्यक्ति जोडेर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

हेर्नोस भिडियो