जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार २३:१५

कांग्रेसका पूर्वउपसभापतिसहित ठुलो समुह एमालेमा प्रवेश


काठमाडौं, २५ साउन ।  नेपाली कांग्रेस मुगु जिल्लाका पुर्व उप–सभापति नन्द प्रसाद आचार्य सहितको समुह नेकपा एमालेमा प्रवेश गरेका छन्। मुगु जिल्लाका पुर्व उप–सभापति नन्द प्रसाद आचार्यसहितको समुह नेपाली काँगेस पाटी परित्याग गरि नेकपा एमाले प्रवेश गरेको होे ।  उहाहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नु भएको हो ।

पूूर्व उप–सभापति नन्द प्रसाद आचार्य केही दिन अघिमात्र काँग्रेस पार्टीबात अलग भएको घोषणा गर्नुभएको थियो ।पछिल्लो समय नेपाली कांग्रेसले आन्दोलन गलत बाटोमा गएको, एमसीसी सम्झौताको पक्षमा उभिएको, जनयुद्ध र हिदको सम्मान गर्न नसकेको र व्यक्तिबादी चिन्तनमा फसेका कारण आफूले पार्टी त्यागेको आर्चायको भनाइ छ। प्रदेश सरकारले पनि अपेक्षाअनुसार काम गर्न नसकेको र अहिलेकै अवस्थामा प्रदेशसभाले पनि जनताको पक्षमा काम गर्न नसक्ने भएकाले आफूले नेकपा एमाले रोजेको उहाको भनाई छ ।