जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १६:२०

एक्लाएक्लै चुनाव लडदा एमालेले दुईतिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिनेछु : खगराज अधिकारी


काठमाडौं, २६ साउन नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर गते हुने संघ प्रदेशको निर्वाचनमा दलहरुएक्लै लडदा आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको

रिपोर्टर्स क्लबनेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै अधिकारीले यस्तो घोषणा गर्नुभएको हो एक्लाएक्लै लडे कांग्रेसले एक सिटपनिजित्दैन् अब कांग्रेस एक्लै लड्न नसक्ने भयो कांग्रेस एक्लै लड्न आओस, हामी दुई तिहाई भन्दा बढि सिटमा जित्छौं यदि हामीलेदुई तिहाई भन्दा बढि सिट जितेनौं भने राजनीति छोडिदिन्छु,’ अधिकारीले भन्नुभयो

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिनुभयो उहाँले भन्नुभयो, ‘माक्र्सवादलेनिनवादमाविश्वास गर्छ अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो अधिकारीले कांग्रेसले एसपिपी अर्को ढंगले अघि बढाउन खोजेको अहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको तथ्य पनि राख्नुभयो

पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्नेबेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन यसले प्रत्यक्ष रुपमा जनता महँगीको मारमा परेका छन् एक्सपोर्टईम्पोर्टमा आधारित हाम्रो अर्थतन्त्रलाई हामीले उत्पादनको वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापितगर्न खाजेका थियौं संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ,’ अधिकारीको भनाइ थियो

उहाँले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चूनौति खडा भएको  पनि बताउनु भयो अधिकारीले थप्नुभय, ‘एकाविहानै हाम्रो राष्ट्रकोअस्तित्वमाथि चूनौति आउने होईन भनेर अहिले चिन्ता बढेको , ताइवान नजिकै त्यस्ता घट्ना जो भैरहेका छन्, त्यसले अन्तर्राष्ट्रियशक्तिको खेलमैदान नेपाल नहोस भनेर हामी सचेत भएर जानुपर्छ कहीँ हामी असंलग्न परराष्ट्र नीतिबाट विचलित छैनौं ? भन्ने पनिप्रश्न उठेको

एमाले स्थायी समिति सदस्य अधिकारीलेनिर्वाचनअघि नै गठबन्धनवालाहरुले चुनावमा पनि गठबन्धन गर्न खोजेकोमा प्रश्न उठाउनु भयो

उहाँले भन्नुभयो, ‘अहिले नीतिहीन, सिद्धान्तहीन गन्तव्यहीन गठबन्धनका साथ जो निर्वाचनमा गईँदैछ निर्वाचन पहिले नै कोलिसनगठबन्धनको परिकल्पना गरिँदैछ समाजवादतर्फ कसरी यात्रा तय गर्छौ ? यो वित्तिय गठबन्धन हो राजश्वको दर फेरबदल गर्नअनधिकृत व्यक्ति गएकै हो हामीले ठोकुवाका साथ यो कुार भनेका छौं जसको प्रत्यक्ष प्रभाव फलामको उद्योगमा देखिएको स्यानिटरी प्याडको उद्योगमा पनि देखिएको टायर उद्योगमा देखिएको चाउचाउ उद्योगमा देखिएको हामीले कल डिटेल हेरौंभनेका थियौं

उहाँले आफूहरुले सरकार छोड्दा अर्थतन्त्र राम्रो अवस्थामा रहेको तर अहिले निकै खराव बनेको बताउनु भयो अहिले कोरोनाकोभ्याक्सिन हराए शालिनतापूर्वक सत्तापक्षलाई सचेत गराएका हौं राष्ट्रिय सार्वभौमिकतालाई सवल बनाउने कुरा मुख्य हो विकासलाई तिव्र गति दिने रोजगार दिने कुरा हो हामी मूलतः आफ्नो खुट्टामा उभिएर जान्छौं गठबन्धन बन्दैन तर, हामी चुनावमासहकार्य तालमेलको रुपमा अघि बढ्छौं,’ अधिकारीले भन्नुभयो

तपाईंहरुले भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई किन अघि सार्नुभएको ? भन्ने  प्रश्नमा अधिकारीले अहिलेदेशको आवश्यकत्ता नै केपी ओली भएकोले आफूहरुले भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई नै अघि सार्न खोजेको बताउनु भयो।

अधिकारीले भन्नुभयो, ‘नेपालालई नयाँ युगमा प्रवेश गराउनुभयो किनभने लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा वैदेशिक सैन्य , त्यसलाई हटाउनुपर्छ भनेर मैले संकल्प प्रस्ताव तीन पटकसम्म संसद्मा राखें त्यो संकल्प प्रस्ताव सूचिमा आएपछि पनि हटाईयो केपीओलीले के गर्नुभयो भन्ने कुरा छर्लङ , त्यस्तो प्रधानमन्त्री अहिलेसम्म पाउनुभयो ? राष्ट्रिय स्वाभिमानको लागि केपी ओली चाहिन्छ समकालिन विश्वमा, भूराजनीतिको यो अवस्थितिमा दक्षिण उत्तरतर्फ आफ्नो लविङ क्याम्पेन गर्नसक्ने, त्यो हैसियत पनि चाहिन्छ अहिले युवाहरुले प्रधानमन्त्री चलाउँछु भन्ने कुरा रमाईलो कुरा हुनसक्छ रोमाञ्चित कुरा हुनसक्छ, तर हामीले त्यो टावरिङपर्सानिलिटीका साथ लविङ गर्न सक्छ कि सक्दैन्, त्यो हेर्नुपर्छ अहिले देश संकटमा हामीले उत्तरबाट पाएका सुविधाहरु, त्योसपना देख्ने केपी ओली स्ट्रिम चलिसके विकासको नयाँ युग सुरु गरेकोले एकपटक नेतृत्व दिनुपर्छ देशभक्तिको भावनाले उहाँओतपोत हुनुहुन्छ विकास नयाँ युगको नेतृत्व केपी ओलीले गर्नुभयो