काठमाडौं, साउन २६ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले निर्वाचन परिचालन कमिटी र घोषणापत्र मस्यौदा समिति गठनदेखि केन्द्रीय सदस्य मनोनीतसम्मका ७ वटा निर्णय गरेको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले निर्वाचन लक्षित बिभिन्न निर्णय लिनुका साथै बाँकी रहेका केन्द्रीय बिभागका सचिव र केन्द्रीय सदस्यको मनोनयन गरेको हो ।
बैठकपछि एमाले उपमहासचिव तथा केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी र निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
यस्तै बैठकले अन्य पार्टीबाट एमाले प्रवेश गर्नुभएका जीवन गौतम दाङ, बृजेशकुमार गुप्ता कपिलबस्तु, धर्मदत्त देवकोटा बारा र अमृत राजबंशी झापालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।














प्रतिक्रिया दिनुहोस्