जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १९:०८

कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक


काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोली बिहानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । सभापति देउवाले भोली बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाउनुभएको हो ।

बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान, यही साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा छलफल हुने पार्टी प्रवक्त प्रकाशसरण महतले बताउनुभयो । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।