जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार १२:२१

गोसाईकुण्डमा बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले गर्यो उद्धार


काठमाडौं, साउन २८ । रसुवाको गोसाईकुण्ड गाँउपालिका ५ स्थित गोसाइकुण्ड तिर्थयात्रा गरी घर फर्कने क्रममा लेक लागि बेहोस भएका तीन जनाको २७ साउनमा सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका ११ बस्ने २० बर्षीय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जिव दुवाडी हुनुहुन्छ ।

सोबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याएको हो ।