जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार १५:४५

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ


जुम्ला, २९ साउन । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका–७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले प्रकाउ गरेको छ । महतलाई चन्दननाथ नगरपालिका–५ जुगाडखोलाबाट शनिबार नै प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

पीडित बालिकाकी आमाले पनि महत्तविरुद्ध आज जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिनुभएको छ । आरोपित महतले पटक–पटक बलात्कार गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित महतले बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्नेगरी सहमतिमै वैशाख ०७९ मा लगेका थिए ।

आमाले जुम्लामै दोस्रो बिहे गरेकाले बालिका पनि जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला आएकी थिइन् । आमाले बजारमा व्यापार गर्नुहुसन्छ । बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई महतले लगेका थिए ।

पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक–पटक बलात्कार गरेका थिए । महतले बलात्कार गरेको कुरा अरूसँग नभन्न र धम्की दिने गर्थे । छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई बलात्कार गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने विष खाएकी थिइन ।

उनले विष सेवन गरेपछि घटना सार्वजनिक भएको थियो । घटना मिलाउन आरोपी महतले बालिकाको बैंक खाता सात लाख रुपैयाँ राखिदिएको स्रोतको भनाइ छ । बालिका चन्दननाथ नमुना विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।