जनता टाइम्स

३१ श्रावण २०७९, मंगलवार १६:२१

त्यसपछि चारै नेताले हाँसो थाम्न सकेनन


काठमाडौं, साउन ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शरण दिएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र महेन्द्र राय यादवको निकै अनुग्रसहत बन्नुभएको छ ।

प्रचण्ड र नारायणकाजी श्रेष्ठसहितको बार्तापछि बाबुराम–महेन्द्रको हाँसोले सवैलाई उहाँहरु अव बैतर्नी तर्न सकिने निश्कर्षमा पुग्नुभएको अनुमान लगाउन सकिने देखिएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सार्वजनिक गर्नुभएको तस्विरमा प्रचण्डसहित चारै नेता खित्का छाडेर हाँसेको देखिएको छ ।

आगामी चुनावमा कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसक्ने लगभग पक्का भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासामू पुगेर गरेको अनुनय बिनय काम नलागेपछि बाबुराम र महेन्द्र प्रचण्डको शरणमा पुग्नुभएको हो ।

उहाँहरुले माओवादीको चिन्हबाट चुनाव लडने निर्णय लिइसक्नु भएको छ । डा. भट्टराई माओवादीकै पूर्वनेता हुनुहुन्छ । खुमलटार स्रोतका अनुसार एउटै चुनाव चिन्हमा आगामी निर्वाचन लडने सहमतिपछि चारै नेता अव त जितिन्छ नि भन्दै हाँसोको फोहोरा छाडनु भएको थियो ।