जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार २१:०६

नेतादेखि ठेकेदारसम्म १४० जनासँग अकुत सम्पत्ति भेटिएको खुलासा


काठमाडौं, साउन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ४० जनामाथि अकुल सम्पत्तिमा छानविन अघि बढाएको छ । अख्तियारका प्रमुख आयुक्त नविनकुमार घिमिरेले सम्पादकहरुसँगको छलफलमा सो जानकारी दिनुभएको हो ।

घिमिरेका अनुसार अख्तियारले भ्रष्टाचारका ९२१ उजुरी उपर अनुसन्धान गरिरहेको छ। जसमा १३० देखि १४० जनामाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विस्तृत छानबिन अघि बढाइएको हो । कम्तीमा १४० जनामाथि स्रोत नखुलेको सम्पत्ति आर्जनमा छानबिन भइरहेको छ,हामी अन्तिम चरणमा छौं, प्रमुख आयुक्त घिमिरेले भन्नुभयो ।

अख्तियारले अध्ययन गरेका १ खर्ब १८ अर्बका १ हजार ८ सय ४८ आयोजनाको छानबिन भइरहेको छ। यी आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेका छन्। यी छानबिनपछि मुद्दा चलाउने तयारी भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो। पोखरेलका अनुसार स्रोत नखुलेको सम्पत्ति, राष्ट्रिय गौरवको आयोजना, र अति रुग्ण आयोजनाको हिनामिना सनम्बन्धी विषयलाई प्राथमिकतामा राखेर अनुसन्धान भइरअ‍ेमेन छ ।

२३ अर्ब भन्दा बढी सरकारी रकम ‘मोबिलाइजेसन पेश्की’ लिएर निर्माण व्यवसायीले अन्यन्त्र प्रयोग गरेका छन्। तर, आयोजना सम्पन्न नभई अधिकांश म्याद थप नै नभएका र कतिपयको पटक–पटक म्याद थप भएर पनि काम अधुरै छन्। त्यस्ता आयोजनाको अख्तियारले अनुसन्धान गरिरहेको हो।