काठमाडौं, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफदी दुर्घटनामा परी १० जनाको ज्यान गएको समाचारले स्तब्ध बनेको बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बिहीवार शोक बक्तब्य जारी गर्दै घटनामा परी घाइते भएका सवैको उपचारको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराउनु भएका हो । काठमाडौंबाट सर्लाहीतर्फ गइरहेको इभी गाडी बिहीवार बिहान भीमफेदीमा दुर्घटना भई १० जनाको मृत्यू भएको थियो ।
‘मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटनामा परी १० जना नागरिकले अमूल्य ज्यान गुमाउनुपरेको हृदयविदारक घटनाले मलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । महान् पर्व छठ मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेको यस पिडादायी क्षणमा दिवङ्गत हुनुभएकाहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ शोक बक्तब्यमा ओलीले भन्नुभएको छ ।
यस्तै उहाँले यस अकल्पनीय विपत्तिबाट शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ‘दुर्घटनामा घाइते भएका सम्पूर्ण नागरिकहरूको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ एमाले अध्यक्ष ओलीले भन्नुभएको छ ।
शोक बक्तब्यको पूर्णपाठ
मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटनामा परी १० जना नागरिकले अमूल्य ज्यान गुमाउनुपरेको हृदयविदारक घटनाले मलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । महान् पर्व छठ मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेको यस पिडादायी क्षणमा दिवङ्गत हुनुभएकाहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
यस अकल्पनीय विपत्तिबाट शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
दुर्घटनामा घाइते भएका सम्पूर्ण नागरिकहरूको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु ।
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले














प्रतिक्रिया दिनुहोस्