जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार ११:५५

तपाईं कति फेसन-कन्सस हुनुहुन्छ ? आफैलाईं जाँच्नुहोस्


आफुलाई राम्रो वा राम्री देखाउनु, सुकिलो-मुकिलो देखिनु, चिरिच्याट्ट पर्नुलाई हामी ‘नक्कल पारेको’ भन्छौं । तर, यसलाई नकारात्मक रुपमा अथ्र्याउनु त्यती सान्र्दभिक हुँदैन, खासगरी अहिलेको समाजमा । किनभने शारीरिक सरसफाईदेखि व्यक्तित्व विकाससम्मका कुराहरु अहिले अहं्म मानिन्छ । आफुलाई कस्तो लुगा सुहाउँछ, कुन मौसममा कस्तो पहिरन लगाउने, कसरी लगाउने, कुन लुगासँग कस्तो जुत्ता सुहाउँछ, मेकअप कस्तो गर्नुपर्छ, आफ्नो गेटअप अनुसार कस्तो गहना लगाउनुपर्छ ? इत्यादी कुरा जान्नैपर्छ ।

फेसन कन्सस हुनुपर्छ । यो राम्रो हो । तर, फेसनेवल बन्ने चक्करमा अन्धधुन्दा अरुको फेसनलाई पच्छ्याउने प्रवृत्ति भने ठिक होइन ।

कामको प्रकृति अनुसार फेसन

फेसन त्यती नै गर्नुपर्छ, जति समय र परिस्थितीले माग गरेको छ । तपाईं कुनै कार्यलयमा रोजगारी गर्नुहुन्छ भने, तपाईंले आफ्नो कामको प्रकृति अनुसारको पहिरन छनौट गर्नुपर्छ । धेरैजसो कार्यलयमा र्फमल वेयर उपयुक्त हुन्छ । हेर्दा भलाद्मी देखिने, शान्त र सौम्य देखिने पहिरन लगाउनुपर्छ । यसले गर्दा आफ्ना सेवाग्राहीले आफुप्रति हेर्ने दृष्टिकोण राम्रो बन्छ ।

हुन त लुगा वा आवरणको कुरालाई हामी त्यती महत्व दिदैनौं । बाहिरी रुप हेरेर होइन, मन हेर्नुपर्छ भन्छौं । तर, सत्य चाहि के हो भने, मनको प्रतिविम्ब नै बाहिरी रुप हो । तपाई चिरिच्याट्ट, सुहाउँदो, सुकिलो लुगा लगाउनुहुन्छ भने तपाईंले त्यसका लागि केही मेहनत आवश्यकै गर्नुभएको हुनेछ । यसले तपाईं कति जाँगरिलो, कस्तो चेतनास्तरको भन्ने थाहा पाउन सक्नुहुनेछ ।

कार्यलय र कामको प्रकृति अनुसार पनि आफ्नो पहिरनको छनौट गर्न जान्नुपर्छ । यदि तपाईं फिल्डमा जानुपर्ने, बाहिर हिँडडुल गरिरनुपर्ने पेशा-व्यवसायमा आवद्ध हुनुहुन्छ भने क्याजुल पहिरन उपयुक्त हुन्छ । यस्तो अवस्थामा आफुलाई सहज हुने पहिरन नै ठिक हुन्छ । ट्राउजर, स्पोर्टस् सुज जस्ता पहिरन सहज र सुहाउँदो देखिन्छ । यस्तोमा टाई-सुट लगाउनुभयो भने असहज हुने मात्र होइन, असुहाउँदिलो पनि देखिन्छ ।

घुमफिर, मनोरञ्जनमा कस्तो फेसन ?

जब तपाईं कुनै रमाइलो इभेन्टमा सरिक हुँदै हुनुहुन्छ, फिल्म हेर्न जानुहुन्छ, घुमफिरका लागि जानुभएको छ भने क्याजुअल पहिरन लगाउनुपर्छ । यस्ता कार्यक्रममा पनि र्फमल वेयर हास्यस्पद लाग्न सक्छ । यस्तो अवस्थामा जिन्स, टिसर्ट उपयुक्त हुन्छ । महिला तथा युवतीहरु टप्स-जिन्स, कुर्ता-सुरुवाल, स्कर्ट, जम्ससुट आदि लगाउन सक्छन् ।