जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १४:१८

बसको ठक्करबाट रिक्सामा सवार तीन जनाको मृत्यु


रौतहट, २ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान बसको ठक्करबाट रिक्सामा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना महिला घाइते हुनुभएको छ।

मृत्यु हुनेमा रिक्सा चालक सर्लाहीको बाग्मती नगरपालिका–२ सोल्टीका ३८ वर्षीय रवि मगर, रिक्सामा सवार सोही ठाउँका ३८ वर्षीय प्रेम ठाडा मगर र ४५ वर्षीय ढक बहादुर लुंगेली मगर हुनुहुन्छ ।

तीनै जनाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

घाइते भएकी ढक बहादुरकी श्रीमती सविनालाई भने थप उपचारको लागि वीरगन्ज स्थित न्यूरो अस्पताल पठाइएको छ ।

काठमाण्डौबाट सर्लाही जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख २०१ नम्बरको बसले प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई आज बिहान ५ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।