जनता टाइम्स

३ भाद्र २०७९, शुक्रबार ११:५४

माओवादीले छान्न सकेन पदाधिकारी, बिनानिश्कर्ष सकियो बैठक


काठमाडौं, भदौ ३ । माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छै्रन । शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ ।

पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल गर्यौं,’ महराले भन्नुभयो ।

पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिनुभयो । उहाँले टुंगोमा पुगेको बताए पनि आकांक्षी धेरै भएपछि बिवाद देखिएपछि बैठक बिनानिश्कर्ष सकिएको हो ।

महराले भने भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको बताउनु भयो ।