जनता टाइम्स

५ भाद्र २०७९, आईतवार ०८:४८

गिरीको निधनले मर्माहत बनाएको छ : एमाले अध्यक्ष ओली


काठमाडौं, ५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले आफूलाई मर्माहत भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत् शोक वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री ओलीले दिवंगत गिरीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ।‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु।

उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले भन्नुभएको छ ।